देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्कुलको पर्खालले थिच्दा दुई विद्यार्थीको मृत्यु, १७ घाइते

देशान्तर

ललितपुर । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए ।

आज बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार गराइरहेको उनले बताए ।

घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो ।

 

]]>