देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्युठानमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचसहित ८ जनाको मृत्यु

देशान्तर

प्युठान । प्युठानमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनासहित ८ जनाको मृत्यु भएको छ।  आज विहान आएको पहिरोले घर पुरिँदा रजवारा–३ नेटाका दुर्गाबहादुर मल्लका एकै परिवारका पाँचजना र पूजा गाविस–३ का हुमबहादुर सुनारका परिवारका तीनजना गरी आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख  रञ्जितसिंह राठौरले जानकारी दिए।  

पहिरोमा पुरिएर रजवारा–३ नेटाका ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ला, छोरीहरु १० वर्षीया सुशीला मल्ल, चार वर्षीया सिर्जना मल्ल र २ वर्षीया लेखा मल्लको मृत्यु भएको प्रहरी प्रमुख राठौरले बताए।  बिहान घरभित्र सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुरिएको थियो।  प्रहरीलाई घटनाबारे बिहान ५ बजेमात्रै थाहा भएको र प्रहरीको टोली घटनास्थल पुग्न केही समय लागेको उनले बताए। घटनास्थल सदरमुकामबाट ४ घन्टाको दूरीमा पर्छ।

यसैवीच प्युठानकै पूजा गाविस–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोले स्थानीय हुमबहादुर सुनारको घर पुरिँदा हुमबहादुरसहित उनकी श्रीमती थसी सुनार र सात वर्षीष छोरी सीमा सुनारको मृत्यु भएको छ।  घटनाबारे विस्तृत विवरण भने अझै आउन नसकेको राठौरले वताए। 

]]>