देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाब

देशान्तर

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी र विभागीय प्रमुखले प्रा.डा. गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन् । अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा. दीपक महराले बताएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । ‘हामीले सकेसम्म अनशन नै नगर्न आग्रह गरेका छौ“ । गर्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं’, उनले भने ।

डिन कार्यालयमा डा. केसीसहित सोमबार र मंगलबार बसेको पदाधिकारी र विभागीय प्रमुखहरूको बैठकले अनसन नबस्न आग्रह गरेको हो । बैठकले अनशन नबस्न र बस्ने भए परिसरबाहिर जान लिखित आग्रह नै गरेको छ । बैठकको उपस्थिति पुस्तिकामा डा. केसीले पनि हस्ताक्षर गरेका छन् ।

आइओएमका ग्यास्ट्रोलोजी डिपार्टमेन्ट प्रमुख प्रेमकृष्ण खड्काले केसीका मागभन्दा अस्पतालमा अनशन बस्ने विषयमा बढी छलफल भएको बताए । ‘हामीले उहाँलाई सकेसम्म अनशन नबस्न भन्यौँ । यदि बस्ने नै हो भने आइओएम हाताभित्र नबस्न आग्रह गरेका छौँ,’ डा. खड्काले भने । बैठकमा सहभागी प्याथोलोजी डिपार्टमेन्ट प्रमुख डा. विनयशमशेर जबराले अनशनका मागसँग कसैले सरोकार नराखेको, तर सबैको भनाइ तत्काल अनशन बस्न नहुने र बसे पनि आइओएम परिसरबाहिर बस्न सुझाब दिएको बताए ।

 

]]>