देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको अवस्था अझै गम्भीर तर स्थिर

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि ओम अस्पतालमा गएराति ८ बजे भर्ना हुनुभएका नेता कोइरालाको अवस्था बिहान ५ बजे गम्भीर भएको थियो । 

बिहान बान्ता भएपछि सर्किएको र फोक्सोको निमोनियाका कारण एक्कासी स्वास्थ्य अवस्था गम्भीर भएको अस्पतालका प्रबन्ध निर्देशक हरिकिशोर श्रेष्ठले जानकारी दिए ।

उनलाई फोक्सोको निमोनिया भएको र फोक्सोभन्दा बाहिर हावा जम्मा भएकाले चेस्टट्युब राखिएको उपचारमा संलल्न चिकित्सक डा हरिश जोशीले जानकारी दिए । उनकोे उपचारमा उनकी पत्नी सुपात्रा कोइरालासहित डा अर्जुन कार्की, डा भगवान कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठलगायतका १५ जनाभन्दा संलग्न छन् ।
 
श्रेष्ठका अनुसार अहिले उनको मुटुको धड्कन प्रति मिनेट ८० छ र रक्तचाप १००/५० छ । फोक्सोको चाल ९० प्रतिशत रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको गम्भीर अवस्थामा सुधार नभएसम्म यहीँ उपचार गराउन उचित हुने सुझाव दिएका छन् । 

उनको थप उपचारका लागि मुलुक बाहिर लैजाने विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले बताएको छ । उनको स्वास्थ्य गम्भीर भएको खबर पाएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओम अस्पतालमा विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको बिहानदेखि भीड लागेको छ ।

]]>