देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव तस्करीमा सांसद : माओवादीले छानविन गर्ने

देशान्तर

काठमाडौं । पार्टीका ८ सांसद मानव तस्करी र सरकारी दस्तखत छाप किर्तेमा तानिएपछि माओवादी केन्द्रले छानबिन समिति गठन गरेको छ। बुधबार बसेको पार्टीको पोलिटब्युरो बैठकले अनुशासन आयोगका प्रमुख अमिक शेरचनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा नेता कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल सदस्य छन् ।

प्रवक्ता भुसालले पार्टीका सांसद स्पेन जाने विषयमा पार्टी हेडक्वार्टर र संसदीय दललाई जानकारी नभएको बताइन्। माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीले स्पेनमा आयोजना हुने भिन्न–भिन्न कार्यक्रममा सहभागी हुन भिसा आवेदन दिँदा कन्सुलर सेवा विभागको पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई सहयोगी बनाएको खबर बाहिर आएको थियो।  

संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा र कन्सुलर विभागले माओवादी सांसदको नाममा सिफारिसपत्र दिए पनि भिसा आवेदनका लागि भारतमा रहेको स्पेनी दूतावासमा पुगेको कन्सुलरको पत्रमा सहयोगी भनी अन्य व्यक्तिको नाम थपिएको खुलेको थियो।

स्पेनी दूतावास हुँदै यो विषय कन्सुलर विभाग र प्रहरीसम्म पुगेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान सुरु गरेको थियो। स्पेन जान आवेदन दिएका ८ सांसदमध्ये अधिकांशले स्पेनका लागि आफूसँगै नाम सिफारिस गरिएकाहरू आफ्नो सहयोगी नभएको स्वीकार गरेका थिए। कान्तिपुर दैनिकमा समाचार छ।

]]>