देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार परिवर्तनबारे माओवादी केन्द्रमा चार धार

देशान्तर

काठमाडौं । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने नछाड्ने विषयमा भने आन्योलमा परेको छ । यो सरकार ढाल्ने कि नढाल्ने विषयमा पार्टीभित्र चार धार उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल कुनै निर्णय लिन नसकेको हो ।

भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरुले सरकार परिवर्तनको विषयलाई खासै चासो देखाएका छैनन् । आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको प्रतिक्रिया दिएर सरकार फेर्ने, नफेर्ने विषयको बहसमा उनीहरु सामेल हुन नचाहेको देखिएको छ ।  पार्टी संगठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरुले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेश आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन् ।

सरकार परिवर्तन गर्न हुन्न भनेर कडा रुपमा यसअघि प्रस्तुत भएका नारायणकाजी समूहले भने अहिले कुनै निष्कर्ष निकालिसकेको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।

]]>