देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शशांकको स्वास्थ्यमा सुधारको संकेत, आँखा खोले

देशान्तर

काठमाडौं । ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधारको शंकेत देखिएको छ । अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ ।

विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा लव जोशीले भने,‘भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार मान्न सकिन्छ ।’ उनका अनुसार कोइरालाको आँखा खोलेका छन् र बोलाउँदा थाहा पाए जस्तो गरेका छन् । यसलाई होसमा आएको मान्न सकिने डा.  जोशीले बताए ।

उनले भने, ‘उहाँलाई अहिले पनि मेकानिकल भेन्टिलेटरमा राख्नु परेकाले उहाँले लठ्निे औषधि दिएका छौं । त्यसका बाबजुत हामीले बोलाउँदा उहाँले आँखा हेर्नु भएको छ ।’

]]>