देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादव संसदीय सुनुवाई आज

देशान्तर

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ। समितिका विहीबार बसेको बैठकले शुक्रबार बिहानको बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो।  

कार्यवहाक प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुङ्गो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका छन् ।

समितिको बैठकले उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले समितिले सिधै संसदीय सुनुवाइ गर्न लागेको हो। अहिलेबाट सुनुवाई समितिले गरेको नयाँ व्यवस्था अनुसार उजुरीकर्ताले नाम गोप्य राख्न नपाउने भनिएको छ । 

]]>