देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनुवाई समितिबाट अयोधीको नाम अनुमोदन

देशान्तर

काठमाडौं, । व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन भएको छ ।  समितिको शुक्रबार बसेको बैठकमा यादवको सुनुवाई भएको थियो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ । संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कार्यबाहक प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए । तर, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गरिएको हो ।

]]>