देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदनको अनुमति बेगर विदेश भ्रमणमा रोक लगाउन कांग्रेसको माग

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसद्को आजको शून्य समयमा बोल्ने नेपाली कांग्रेसका सांसदले व्यवस्थापिका–संसद्को अनुमति बेगर सांसदलाई विदेश भ्रमणमा जान नपाइने व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरुले केही समयअघि नक्कली सहयोगी खडा गरेर त्यसै अनुसारको कागजात बनाएर सांसदले पदीय दुरुपयोग गरेको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गरे ।
 
नेपाली काँग्रेस संसदीय दलका सचेतक ईश्वरी न्यौपाने र सांसद अम्बिका बस्नेतले व्यवस्थापिका संसद्को अनुमतिबिना विदेश भ्रमण जान नपाउने व्यवस्था आवश्यक देखिएको धारणा राखिन्।
 
सहयोगीको नाममा नक्कली कागजात बनाएर विदेश उठाउने कामले सांसदको गरिमा र मर्यादामा आँच पुगेको बताउँदै उनीहरुले विदेश जान चाहनेले पार्टी र संसद्को स्वीकृति लिएर मात्र जाने व्यवस्था होस् भनिन् ।
 
नेकपा (एमाले)का सांसद कमला घिमिरेले ओखलढुङ्गा, रामेछाप र सिन्धुलीस्थित सुनकोसी नदीको कोलन्जोर घाटमा पक्की पुल निर्माणका लागि  आवश्यक सर्वे भए पनि किन बजेटको व्यवस्था गरिएन भनी प्रश्न गरिन् ।

 

]]>