देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी सञ्चालनमा

देशान्तर

काठमाडौं । गैरआवासीय नेपालीहरूको लगानीको चर्चा चलिरहेका बेलामा एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले काठमाडौंमा प्यासिफिक हस्पिटालिटी एकेडेमीको सुरुवात गरेका छन् । अस्ट्रेलियन गुणस्तरको तालिम नेपालमा नै दिने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित खोलिएको एकेडेमीको अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले गत आइतबार उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै राजदूत ह्वाइटले अस्ट्र्रेलियामा आतिथ्य सत्कार, होटेल पर्यटन क्षेत्रमा रोजगारीका प्रशस्त अवसर रहेका र सीप तथा दक्षता लिएर नेपालीहरू अस्ट्रेलिया गएमा तुरुन्त अवसर प्राप्त गर्न सक्ने बताए । उनले प्यासिफिक हस्पिटालिटी एवं कुलिनरी एकेडेमीले यसमा टेवा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथिको आसनबाट शुभकामना व्यक्त गर्दै माइती नेपालका संस्थापक अनुराधा कोइरालाले एकेडेमीले सुरुबाट नै शिक्षाको गुणस्तरलाई ध्यान दिनुपर्ने बताइन् । समाजसेवी कोइरालाले नेपालमा व्यावहारिक एवं प्रयोगात्मक शिक्षाको विकासमा प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी कोसेढुंगा सावित हुन सक्ने आशा व्यक्त गरिन् । 

विशेष अतिथिकै आसनबाट बोल्दै अर्का वक्ता प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले नेपालमा टड्कारो रूपमा देखा परेका दक्ष जनशक्तिको अभावलाई यस एकेडेमीले पूरा गर्न सक्ने बताए । अर्का अतिथि वक्ता एनआरएन प्रमुख संरक्षक जीवा लामिछानेले रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जान खोज्ने नेपाली युवायुवतीहरूले हातमा सीप लिएर मात्रै जानुपर्ने सल्लाह दिए । साथै उनले एकेडेमीको विकासका निम्ति आफूहरूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । 

कार्यक्रमको अध्यक्षता गरेका एकेडेमीका अन्तर्राष्ट्रिय बजार व्यवस्थापक गणेश केसीले नेपालमा आफूले केही गर्न चाहिरहेका बेला नेपालका केही शिक्षाविद् एवं आतिथ्य सत्कार क्षेत्रका विज्ञहरूले यसै क्षेत्रमा केही गर्न आफूलाई प्रेरित गराएकाले यस प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमीको अवधारणाको जन्म भएको कुरा बताउँदै आफूले अस्ट्रेलियाको २१ वर्ष लामो बसाइमा भोग्नुपरेका सुखदु:खको अनुभव सुनाउँदै अस्ट्रेलिया आउने नेपाली भाइबहिनीहरूलाई आफूले सकेको सहयोग गर्ने बताए ।

एकेडेमीका प्रबन्ध निर्देशक सुशील थापाले एकेडेमीले अस्ट्रेलियाको अस्ट्रेलियन इन्टरनेसनल कुलिनरी सर्भिसेजद्वारा सम्बन्धन लिएको र एकेडेमीमा अस्ट्रेलियाकै कोर्स पढाइ हुने एवं विद्यार्थीहरूले अस्ट्रेलियाकै सर्टिफिकेट प्राप्त गर्ने जानकारी दिए । 

 

]]>