देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीहरूको जिल्ला भ्रमण : महिनैपिच्छे लाखौं खर्च

देशान्तर

काठमाडौंं । जेठ महिनामा मात्रै बिभिन्न जिल्ला भ्रमणका क्रममा ३१ लाखभन्दा बढी राज्यकोषबाट खर्च गरेका वर्तमान सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले फेरि जिल्ला भ्रमणका नाममा २० लाखभन्दा बढीको बिल प्रधानमन्त्री कार्यालयमा पेस गरेका छन् । अघिल्लो महिना सहयोगी दुर्गादत्त शर्माले भुक्तानी पाउनेगरी ३४ हजार ३ सय ३० रुपैयाँको बिल पेस गरेका उपप्रधानमन्त्री चित्रबहादुर केसीले यो महिना ७६ हजार ८ सय रुपैयाँको बिल पेस गरेका छन् । अघिल्लो महिना सहयोगी प्रमेश पोखरेलका नाममा ९४ हजार ७ सय १० रुपैयाँको बिल पेस गरेकी पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले १ लाख ७ हजार १ सय १० रुपैयाँको बिल पेस गरेकी छन् । 

सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले सहयोगी शारदाकुमारी दनुवारका  नाममा भुक्तानी पाउने गरी ७३ हजार ९ सय ८० रुपैयाँको बिल पेस गरेकी छन् । त्यसैगरी वाणिज्यमन्त्री जयन्त चन्दले कैलाली जिल्ला भ्रमण खर्चबापत सहयोगी गणेशसिंह विष्टका नाममा भुक्तानी लिने गरी १ लाख ३ हजार ६ सय ७० रुपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा पेस गरेका छन् । 

अघिल्लो महिना सहयोगी पारुहाङ राईले भुक्तानी पाउने गरी आजको मितिमा ३ लाख ५७ हजार ८ सय ५० रुपैयाँको बिल दाबी गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले ९९ हजार ७ सय १५ रुपैयाँको बिल पेस गरेका छन् । त्यस्तै अघिल्लो महिना सहयोगी भागवतप्रसाद चौधरीका नाममा भुक्तानी हुने गरी २९ हजार १ सय ३० रुपैयाँको बिल पेस गरेको युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले यो पटक १ लाख २२ हजार २ सय ८० रुपैयाँको बिल पेस गरेका छन् । 

राज्यको ढुकुटी सम्हालेर बसेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो महिना ५६ हजार ६ सय ८०  पेस गरेका थिए भने यो पटक ४७ हजार ३ सय १० रुपैयाँको, खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले २ लाख ६७ हजार ४ सय ४० रुपैयाँ, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले ४० हजार २ सय ५० रुपैयाँको, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा ९८ हजार ८ सय ८० रुपैयाँको बिल पेस गरेका छन् । अघिल्लो महिना खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले सहयोगी राधेश्याम यादवले भुक्तानी पाउने गरी ४० हजार ५ सय रुपैयाँको, श्रम तथा रोजगारमन्त्री दीपक बोहराले सहयोगी धर्मबहादुर केसीका नाममा भुक्तानी हुनेगरी ४६ हजार ४ सय ८० रुपैयाँको बिल पेस गरेका थिए । 

भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले विभिन्न जिल्ला भ्रमणका नाममा १ लाख १९ हजार ८ सय ८० रुपैयाँको बिल पेस गरेका छन् । अघिल्लो महिना उनले भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले सहयोगी केदारबहादुर धमलामार्फत भुक्तानी पाउने गरी १ लाख ३ हजार १ सय २० रुपैयाँको बिल पेस गरेका थिए । 

संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले ३ लाख १४ हजार ६ सय ५० रुपैयाँको, कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले २ लाख १५ हजार २ सय ९५ रुपैयाँको, उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ३ लाख ५ हजार ९ सय २० रुपैयाँको र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले ३ लाख १३ हजार ८ सय १५ रुपैयाँको बिल भुक्तानीका लागि प्रधानमन्त्री कार्यालयमा पेस गरेका छन् । 

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको २ लाख ४४ हजार २ सय २५,सामान्य प्रशासनमन्त्री रेखा शर्माको १ लाख ८९ हजार २ सय ४०, शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालको २ लाख ७३ हजार ४ सय २५ रुपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा पेस भएको छ । अघिल्लो महिना उपप्रधानमन्त्री तथा मन्त्रीहरूको जिल्ला भ्रमणबापत राज्यकोषको ३१ लाख ३८ हजार ९ सय १० रुपैयाँ खर्च गरेका थिए भने यो पटक २० लाख ३९ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेका छन् । यसरी राज्यकोषबाट अनुगमन मूल्यांकन खर्चका नाममा रकम असुल्नेहरूमा बढी एमाले निकटमन्त्री रहेका छन् भने शक्तिशाली मन्त्री तथा राज्यमन्त्रीहरूले पनि ठूलो परिणाममा रकम असुलेका छन् ।

 

]]>