देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी बैठक बस्न नसक्दा भ्रातृ संगठनमा समस्या

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सबैजसो भ्रातृ संगठनले आ–आफ्नो महाधिवेशनको तयारीमा जुटेका छन् । नेपाल विद्यार्थी संघले आफ्नो महाधिवेशन साउनको २३ देखि २५ सम्मका लागि तोकेको छ भने तरुण दलले भदौको दोस्रो साता र महिला संघले भदौका अन्तिम साताका लागि महाधिवेशनको मिति तय गरेका छ । तर पार्टीको केन्द्रीय समितिको बैठक नबस्दा भ्रातृ संगठनको महाधिवेशनको तयारीमा समस्या परेको बताइएको छ । भ्रातृ संस्थाको महाधिवेशनको तयारीका लागि पार्टीले बनाउने निर्देशक समिति बन्न नसक्दा पार्टीसँग समन्वय हुन सकेको छैन भने अर्कोतर्फ यी सबै भ्रातृ संस्थाका केन्द्रीय समिति अहिलेलाई आयोजक समितिको हैसियतमा रहेकाले आयोजक समिति बन्दा ६ महिनाभित्र महाधिवेशन गर्ने तर आयोजक समितिमा रहेका सबै पदाधिकारी तथा सदस्यहरू महाधिवेशनमा उम्मेदवार बन्न नपाउने निर्णय पार्टीले सो बेलामा गरेको थियो । 

तर पार्टीले तोकेको समयमा ६ महिनाभित्र महाधिवेशन हुन नसकेकाले अहिले आयोजक समितिमा रहेका सबै पदाधिकारी तथा सदस्यहरू महाधिवेशनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन् । तर पार्टीले यसअघि लगाएको बन्देज हटाउँछ कि हटाउँदैन भन्नेमा अन्योलमा परेका छन् । महाधिवेशनका उम्मेदवार बन्ने बाटो पार्टीले खुलाइदिनेमा सवै आशावादी भए पनि समयमा पार्टीको केन्द्रीय समितिको बैठक बस्न नसक्दा भ्रातृ संगठनका नेता कार्यकर्तामा अन्योलता छाएको छ । 

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक महाधिवेशनपछि एकपटक भन्दा बस्न सकेका छैन । भ्रातृ संस्थाका बारेमा मात्र नभएर पार्टी र राष्ट्रिय राजनीतिका बारेमा समेत केन्द्रीय समितिको बैठक बस्न नसक्दा समस्या देखिन थालेको छ । अर्कोतर्फ पार्टीको १३ औं महाधिवेशनपछि पहिलो केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र सबै भ्रातृसंस्थालाई महाधिवेशन गराउनका लागि अल्टिमेटम दिए पनि पार्टी महाधिवेशनमा समन्वय गर्नका लागि निर्देशक समिति नबनाइदिँदा समस्या परेको छ ।

नेपाली विद्यार्थी संघको महाधिवेशन गराउनका लागि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा निर्देशक समिति बनाउने भनिए पनि निर्देशक समिति बन्न सकेको छैन । त्यस्तै तरुण दल र महिला संघको महाधिवेशनका बारेमा पार्टीको कुनै निर्णय नगर्दा समस्या भएको नेताहरूले बताउन थालेका छन् ।  

 

]]>