देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोदीको उपहार हेलिकोप्टरको मोल खोज्दै भारत

देशान्तर

काठमाडौं ।  भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकोप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए।

२०७१ मंसिर १ का दिन सैनिक मञ्च, टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ‘एयर टु मिसाइल– एएलएच ध्रुव मार्क थ्री’ हेलिकोप्टर हस्तान्तरण गरेका थिए। नेपाली सेनाका लागि दिइएको उक्त हेलिकोप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गरेका थिए ।

उक्त हेलिकोप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुई पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्चसमेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार हेलिकोप्टर लिएर आएका र पछि दुईपटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ।  

रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले भारतले सुरक्षासम्बन्धी परामर्श समूहको १२ औं बैठकमा समेत नेपाली सेनाका लागि उपलब्ध गराइएका विविध सुरक्षा सामग्रीको रकम भुक्तानबारे कुरा उठाएको जानकारी दिए। मौखिक रुपमा भने नेपाली र भारतीय दुवै पक्षले हेलिकप्टर मोदीको उपहार भएको बताएका थिए।  विगतमा नेपाल र भारतबीच भएका सहमतिअनुसार उक्त हेलिकप्टर नेपाललाई सहयोगस्वरुप उपलब्ध गराइएको सरकारी अधिकारीले बताएका थिए। नागरिक दैनिकमा समाचार छ । 

 

]]>