देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चोरी गर्न पेरुदेखि नेपालमा !

देशान्तर

काठमाडौं । विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गर्दै हिड्ने पेरुका तीन युवक काठमाडौंमा पक्राउ परेका छन्। काठमाडौं विमानस्थलमा पनि दुई लाख भारु चोरी गरेका उनीहरू आइतबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जेभियर सेमिनारियो, अलिपियो ओरोग्पिना र लुइस बेगा छन्। भारतीय नागरिकको दुई लाख भारु चोरी पेरुका चोरहरूले गत शनिबार दिउँसो भारतीय नागरिक सुनन्दा अंकिताको झोलाबाट दुई लाख भारु चोरी गरेका थिए।

अंकिताले आफ्नो झोला भुइँमा राखेर काउन्टरमा फर्म भर्न लागेका वेला उनीहरूले चोरी गरेका हुन्। ‘उनीहरू पेसेवर चोर रहेछन्,’ विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले भने, ‘चोरी गर्नकै लागि उनीहरू नेपाल आएको देखिन्छ।’ पेरुबाट ब्राजिल, तान्जेनिया हुँदै नेपाल उनीहरू पेरुबाट ब्राजिल, तान्जेनिया हुँदै नेपाल आएका थिए। अरू देशका विमानस्थलमा पनि उनीहरूले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। दुईवटा स्कुटर भाडामा लिएर उनीहरू चोरी गर्न हिडेका थिए। उनीहरूबाट प्रहरीले करिब ६ हजार अमेरिकी डलर पनि बरामद गरेको छ। सोमबार उनीहरू नेपालबाट इन्डोनेसियाको जाकर्ता जाने तयारीमा थिए। घुम्न नभई चोरी गर्नकै लागि उनीहरू नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

नेपाल आएलगत्तै चोरी गर्न विमानस्थलमा शुक्रबार नेपाल आएका उनीहरू चोरी गर्न शनिबार अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा रेकी गरेपछि उनीहरूले चोरी गरेका हुन्। ‘एकजनाले छेक्ने, अर्काले रेकी गर्ने र अर्काले चोरी गर्ने रहेछन्,’ डिआइजी निरौलाले भने, ‘आइतबार पनि उनीहरू चोरी गर्न विमानस्थल पुगेका रहेछन्, त्यही वेला हामीले पक्राउ गरेका हौं।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>