देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रले छोड्यो ओली नेतृत्वको सरकार

देशान्तर

कांठमाडौं । केपी ओली सरकार नेतृत्वको सरकारको दोश्रो ठुलो घटक नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ ।  माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई जानकारी गराइसकेको छ।

माओवादी केन्द्रसँग विभिन्न चरणको वार्तामा संलग्न नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि माओवादी केन्द्रका  नेताहरुले  सरकारबाट बाहिरिएको  जानकारी आफुहरुलाई दिएको बताए । सोमबार माओवादी केन्द्रका नेताहरूसँग भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधिसँगै लेखक पनि उपस्थित थिए।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केहीबेरमा नै माओवादी केन्द्रको निर्णय आउने बताए। यसबारे थप उल्लेख गर्न उनले चाहेनन्।

माओवादी केन्द्रका अर्का नेता मणि थापाले भने एमालेसँग सम्बन्ध टुटिसकेको र कांग्रेसलाई आफूहरू सरकारबाट फिर्ता हुने जानकारी  दिइसकेको बताए। ‘साँझसम्ममै औपचारिक निर्णय हुन्छ,’ उनले भने। अध्यक्ष दाहालले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनादर्न शर्मा प्रभाकरलाई दिएका छन् । उनी पत्र बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् ।

]]>