देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार टिकाउन ओलीलाई ४५ सिट कांग्रेस माओवादीलाई ८ सिटको आवश्यकता

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वर्तमान केपी ओली नेतृत्वको सरकारलाई बहुमत पुर्याउन ४५ सिटको आवश्यकता परेको छ । ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन् ।

संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओलीले ३ सय ३८ मतले विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो । यसअघि तीन सिट भएको नेमकिपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ । जसबाट यो सरकारलाई २ सय ५३ जनाको मात्र समर्थन रहेको छ ।  सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको छ ।

कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यकता पर्छ । त्यसैगरि नयाँ सरकार गठनका लागि नयाँ बन्न लागेको कांग्रेस माओवादी गठबन्धनलाई भने जम्मा ८ सिटको मात्र आवश्यकता पर्ने देखिन्छ ।  आजको राजधानी दैनिकमा समाचार छ । 

]]>