देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारबाट बाहिएपछि नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा लोत्से हलमा बिहान सुरु भएको बैठकमा सरकार गठनका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। घिमिरेले बैठकमा माओवादी सरकारबाट बाहिरिसकेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने बताए।  

उनका अनुसार बैठकको पहिलो एजेन्डा नै माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिमा नयाँ सरकार कसरी गठन गर्ने भन्ने विषयमा गम्भीररुपमा छलफल हुनेछ।  बैठकमा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने वा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई खाले धारणा रहेको छ। माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका विषयमा कांग्रेसले छलफल सुरु गर्न लागेको हो।

सरकारबाट माओवादी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने र ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने कांग्रेस र माओवादीले प्रतिक्रिया दिएका छन्। 

]]>