देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले ३ वजेसम्म राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको ३ वजेको बैठक अगावै राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालेका छन् । ओली सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट पारित गर्न समर्थन नगर्ने भएको छ।   

लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बुधवार विहान बसेको केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिए बजेट पास गर्न समर्थन नजनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। बिहान ११ वजेका लागि बोलाइएको संसदको बैठक दिउसो ३ वजेका लागि सारिएको छ । प्रधानमन्त्री ओलीलाई राजीनामा दिनका लागि समय दिन बैठक ३ वजेका लागि सारिएको बताइएको छ ।  बुधवारको कार्यसूचीमा रहेका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्न कार्यक्रम रहेको छ ।  संसद बैठकले पारित गर्न बाँकी रहेका यी तीन विधेयक पारित भएपछि बजेट पूर्ण बजेट पारित गर्ने संसद सचिवालयको कार्यसूची रहेको छ। तर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै वजेट  पास गर्न समस्या परेको छ ।  

यस्तै दुई दलको बैठकले ओलीले राजीनामा नदिए संसदमा बुधवारै अविश्वासको प्रस्ताव दर्ता गर्ने पनि निर्णय गरेको छ । अविश्वासको प्रस्ताव दर्ताका लागि दुवै दलले हस्ताक्षर सुरु गरिसकेका छन् ।  मंगलबारमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले माओवादीले समर्थन नगर्दा सरकारले पेस गरेको बजेट पारित गर्न बहुमत पुग्दैन। 

]]>