देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैदेशिक रोजगारिका बिकृतिहरु हटे मात्र कामदार मर्कामा पर्दैनन्

देशान्तर

वास्तवमा बैदेशिक रोजगारिमा जाने सयौ कामदारहरु किन अलपत्रमा पर्छन र यसको कारण के हो बुभ्mनु जरुरी छ । खाडि तथा मलेसियामा जाने कामदारलाई ‘फ्रि भिषा फ्रि टिकट’ भनिरहेको अवस्थामा सरकारले तोकेको १० हजार रुपैयाको रसिद थमाउने अनि लाख वा सोभन्दा बढी रकम उठाउने काम मेनपावरहरुले गरिरहेका छन् । त्यसमाथि कामदार पठाउने उनिहरुले नै कामदारलाई मर्का प¥यो भन्दै हिड्ने गर्छन् ।

यसको जिम्मेवारि को त ? मेन पावर कम्पनिले लिने बेलामा लाख, रसिद दिने बेलामा दश हजार थमाउछ । कामको हकमा १२ घण्टा, हप्तामा एक दिन छुट्टि, खाना छैन, बस्न सुविधा छ, पानी बत्तिको केहि अलग रकम लाग्दैन यस्तै यस्तै भनि १४ देखि १६ सय रिङ्गेट तलब भनिन्छ । तर उसले होस्टल, बत्ति पानी, लेवि गर्दा ७ देखि ८ सय बचाउँछ र त्यसबाट खाना, घरमा फोन सम्पर्क गर्दा कति बचत होला र उसले आएको ऋण कहिले चुक्ता गरेर कहिले कमाउने ? अझै पनि फर्निचर कम्पनि र ईलोक्ट्रोनिक्स कम्पनि भनेर अर्कै काममा दलालहरुले फसाई रहेका छन् ।

त्यसैले सबैभन्दा पहिले यसको समाधान गर्नु जरुरि छ । बैदेसिक रोजगार विभागले हरेक मेन पावरलाई थप रकम लिनबाट बञ्चित गराउनु पर्छ । रोजगारदाता कम्पनिले भिषासँगै टिकट दिन्छ भने किन १० हजारभन्दा बढि रकम असुल्ने र कामदारहरुलाई मर्का प¥यो भन्ने ? सबैभन्दा पहिले आफू सफा हुनु पर्छ र अर्कालाई दोषि ठह¥यानु उपयूक्त हुन्छ । कुनै पनि कामदारले १० हजार मात्र तिरेको रसिद बाहेक ८० हजार रुपैया भन्दा माथि रकम बुझाएका हुन्छन् । यदि उसले १० हजार रकम बुझाएर आएको भए कम तलब र काम अलग भएपनि चित्त बुझाएर कम्तिमा एक दुई वर्ष काम गर्न तयार हुन्थ्यो ।

गोरखाका जीतबहादुर श्रेष्ठले काठमाण्डौको एक मेनपावरबाट १ लाख ३० हजार रकम बुझाएर यहाँको सूरक्षा गार्ड कम्पनिमा भनेर आए । तर कम्पनि कता हो थाहा छैन र १ महिना पछि सूरक्षा गार्डमा काम पाए । बस्न कम्पनिले दिए पनि लेवि, पानी बत्तिको काट्ने, छुट्टी नदिने बसेमा तलब काट्ने, विरामी पर्दा आप्mनै पैसा खर्च गरेर उपचार गर्नुपर्ने हुदा जम्मा १० हजार रुपैया महिनामा बचत हुने हुनाले घर फर्कन चाहेको बताए । तर उनी तीन बर्ष पूरा गर्नुपर्ने बाध्यतामा छन् । सिरहाका मनिष यादबलाई जुन काम भनियो त्यो काम दिईएन र मेनपावरले ८० हजार लिई पठाएकोमा घरबाट फर्कन दबाब दिएपछि मेन पावरका हाकिमले यहाबाट घर जाने बातावरण मिलाएका थिए ।

यसरि कामको सिलसिलामा मलेसिया आउने कामदारहरु नेपालको मेन पावरबाट नै शोषित हुन्छन् । मलेसियामा आएर मर्कामा परे भन्नेहरु पनि उनै मेनपावरका मानिस हुन्छन् तर मर्कामा पार्ने त मेनपावर न हो । यसको समाधान बैदेसिक रोजगार विभाग तथा श्रम मन्त्रालयले गर्नुपर्छ । बेष्टिनेट, भीएलएन जस्ता कार्यहरु काठमाण्डौमा हुन्छन् । गलत कार्य भईरहेको छ भने सर्ब ्रथम नेपालमा नै कारवाहीको प्रक्रिया अघि बढाउनु उचित हुन्छ । अझ मलेसिया सरकारले निजि कम्पनिहरुमार्फत पैसा असुल्ने काम गरेकोमा सो रोक्न नेपाल सरकारबाट तदारुकताका साथ कार्य थालेमा र बैदेसिक रोजगारिका बिकृतिहरु हटे मात्र कामदार मर्कामा पर्दैनन् ।
(खनाल मलेसियामा कार्यरत छन् ।)

 

]]>