देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ५४ सांसदको हस्ताक्षर सहित व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । 

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने भनेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

कांग्रेस र माओवादीलाई तीन सिट भएको नेकपा संयुक्तले पनि साथ दिएको छ । कांग्रेस प्रमुख सचेतक ईश्वरी न्यौपानेका अनुसार २५४ सांसदले हस्ताक्षर गरेका छन् ।

]]>