देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्याम्ब्रिज विश्वविद्यालयबाट फर्केर बाख्रापालन

देशान्तर

काठमाडौं । विदेशको ख्यातिप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेर नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ । तर, बेलायतको लन्डनस्थित क्याम्रिज युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्रयाजुएट गरेकी रुपन्देही सैनामैनाकी ज्ञानकुमारी पुन विदेशको आकर्षक अवसर छाडेर स्वदेशमै बाख्रा पालनमा रमाइरहेकी छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसमेत गरेकी उनी आफ्नो पति प्रेमसागर पौडेललाई यही व्यवसायमा साथ दिइरहेकी छन् । ४४ वर्षीय उनका श्रीमान पौडेलले पनि समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर गरेका छन् ।

१६ भन्दा बढी पूस्तक लेखेका उनी हाल विद्याबारिधि गर्दैछन् । सैनामैना नगरपालिका ४ –पर्रोहा लखनपारामा यी दम्पत्तीले ३ वर्षअघि खोलेको सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र अहिले जिल्लाकै नमुना र्फम बनेको छ । पौडेल दम्पत्तीको यो र्फममा अहिलो बिभिन्न १३ जातका ३६४ बाख्रा छन् । कारोबार दैनिकमा समाचार छ ।

]]>