देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२६ वर्षमा २२ सरकार, अर्थतन्त्र चौपट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ। यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ।   

मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ। यस अवधिमा राजनीतिक स्थायित्व भएको वा हुने आशा गरेर निर्वाचन भएका वर्षमा उच्च आर्थिक वृद्धि भएको छ। निर्वाचनमा हुने खर्च र स्थायित्व हुने विश्वासमा निजी क्षेत्रले लगानी बढाउने हुँदा  यी वर्षमा बढी वृद्धि हुने गरेको विज्ञ बताउँछन्।

‘अरु सबै ठीकठाक हुँदाहुँदै पनि वृद्धि हासिल नहुनुको कारण राजनीतिक कारण नै हो,’ पूर्वअर्थ सचिव रामेश्व्र खनालले भने, ‘निर्वाचन हुँदा स्थायित्व होला भन्ने अपेक्षाले बढी वृद्धि हुने देखिएको छ।’ 

प्रजातन्त्र पुनःस्थापना भएकै आर्थिक वर्ष २०४७÷४८ मा ६ दशमलब ३ प्रतिशत वृद्धि भएको थियो। हालसम्मकै सवैभन्दा बढी आर्थिक वृद्धि भने आर्थिक वर्ष २०५०÷५१ मा हासिल भएको थियो। उक्त वर्ष ७ दशमलब ६ प्रतिशतको वृद्धि भएको थियो।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>