देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

देशान्तर

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ ।

बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।

इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेकको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको विशाल लक्ष्य खडा गर्यो । नेपालको सहज जितका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धशतकीय पारी खेले । ओपनर अनिल मल्ल चार रनमा आउट भएपछि नेपालको सुरुवात भने सुखद भएन । तर अर्का ओपनर ज्ञानेन्द्रले ७४ रनको पारी खेल भने तेस्रो क्रममा आएका शरदले ५० रन बनाए । त्यस्तै कप्तान पारस खड्काले ४०, सागर पुनले २१, राजेश पुलामीले ११, अविजित रहेका राजु रिजाल र सोमपाल कामीले आठ÷आठ तथा विनोद भण्डारीले सात रन बनाएपछि नेपालले घरेलु टोलीसामु गतिलो चुनौती पस्कन सक्यो ।

जवाफी ब्याटिङमा आएको फ्रि फोरेस्टरले २९।१ ओभरमै सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । नेपाली बलरहरु विक्रम सोबले चार, सन्दीप लामिछानेले तीन, करण केसीले दुई तथा शक्ति गौचनले एक विकेट लिएपछि फ्रि फोरेस्टर अलआउट भयो ।

संसारकै पुरानो क्लब भनिएको इङ्ल्यान्डको मरिलेबोन क्लबको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीले आज जिमखाना क्रिकेट क्लबसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

खेलअघि नेपाली टोलीका कप्तान पारसले फ्रि फोरेस्टरका कप्तान ज्याक किङ्सलाई नेपाली वीरताको प्रतीक खुकुरी उपहार दिएका थिए ।

 

]]>