देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी दूतावासको सफ्टवेयर गृहमन्त्रालयद्वारा अस्वीकार

देशान्तर

काठमाडौं । अध्यागमन विभागमा अन्तर्राष्ट्रिय अपराधीहरुको निगरानीका लागि अमेरिकी दूतावासले राखेको सफ्टवेयर जडानको प्रस्ताव गृह मन्त्रालयले अस्वीकार गरेको छ । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजले गत ३ असारमा गृहमन्त्री शक्ति बस्नेतसँगको भेटघाटमा पासेस सफ्टवेयर जडान गर्ने प्रस्ताव गरेकी थिइन् । उक्त सफ्टवेयर र त्यसका लागि आवश्यक हार्डवेयर नि शुल्क दिने अमेरिकी प्रस्ताव रहेको छ ।

तर, विदेशीले दिएको सफ्टवेयर विमानस्थलमा राख्न नहुने लिखित राय अध्यागमन विभागले दिएपछि गृहले उक्त सफ्टवेयर तत्कालका लागिनराख्ने निर्णय गरेको हो । कतिपय देशमा उक्त सफ्टवेयरका कारण समस्या भएको भन्दै अध्ययागमन विभागले अन्तर्राष्ट्रिय रुपमा अध्ययन गरेर मात्र जडान गर्नुपर्ने राय पनि दिएको छ । आतंकवादी तथा आपराधिक गतिविधिमा संलग्नहरूलाई निगरानी गर्न सन् १९९७ देखि अमेरिकाले बनाएको डाटाबेस सफ्टवेयर हो पाइसेस ।

जसमा आतंकवादी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सजिलो हुन्छ । यदि कोही व्यक्ति अन्तर्राष्ट्रिय रूपमा मोस्ट वान्टेड रहेको अवस्थामा उक्त व्यक्तिको पासपोर्ट डाटाबेसमा इन्ट्री हुनेबित्तिकै पत्ता लाग्छ । विभिन्न देशमा जडान भएको यस्तो सफ्टवेयरका माध्यमबाट आतंकवाद, मानव तस्करीलगायत संगठित अपराधमा संलग्न व्यक्तिहरू पक्राउसमेत परेका छन् । थाइल्यान्डमा यो सफ्टवेयर जडान गरेलगत्तै मानव तस्करीमा संलग्न समूह पक्राउ परेको थियो ।

पाकिस्तानमा आतंकवादी गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए । उक्त सफ्टवेयरले मेसिन रिडेबल पासपोर्टबाट डाटा तान्ने काम गर्दछ । सफ्टवेयरसँगै अमेरिकी दूतावासले क्यामेरा, पासपोर्ट रिडर, कम्प्युटरलगायतमा हार्डवेयर पनि निःशुल्क दिने प्रस्ताव राखेको हो ।  नयाँ पत्रिकामा समाचार छ ।

]]>