देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री बन्न केपी ओलीको पौडेललाई प्रस्ताव

देशान्तर

काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि समर्थन जनाउने प्रस्ताव गरेका छन्। ओलीले बुधबार टेलिफोनमार्फत् त्यस्तो प्रस्ताव आफूलाई गरेको जानकारी दिंदै पौडेलले सदासयताका लागि आफूले धन्यवाद दिएको बताए। ‘कांग्रेस र एमाले मिलेर नै सहमतिको सरकार बनाउनुपर्‍यो भन्ने उहाँको जोड थियो’ पौडेलले  भने, ‘तपाईंलाई हामी समर्थन गर्छौ भन्नुभयो। मैले  सदासयताका लागि धन्यवाद दिदै पार्टीको अनुशासित सिपाही भएकाले निर्णय विपरित जान नसक्ने बताए।’ 

प्रधानमन्त्री ओलीले पौडेललाई जस्तै कांग्रेस सभापति शेरवहादुर देउवालाई पनि प्रधानमन्त्री बन्न समर्थन गर्ने प्रस्ताव गरेका थिए। माओवादीलाई समर्थन दिने निर्णय सार्वजनिक भएलगतै ओलीले देउवालाई त्यस्तो प्रस्ताव गरेको देउवा निकट स्रोतले बतायो। जवाफमा देउवाले ढिलो भएको प्रतिक्रिया दिएका थिए ।

 कांग्रेसको समर्थन पाएपछि माओवादी केन्द्र ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ। माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय कांग्रेसले बुधबार सर्वसम्मत रूपमा गरेको थियो । माओवादीले समर्थन फिर्ता लिनुअघिसम्म ओलीले कांग्रेसलाई समेत आफ्नै नेतृत्वको सरकारमा आउन आग्रह गरेको थियो। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>