देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन अलपत्र

देशान्तर

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक ट्रेड  युनियनको निर्वाचन निजामतीमा स्थापना हुन लागेको ट्रेड  युनियन एमालेका कारण बेवारिसे हुने भएको छ । एमाले निकट कर्मचारी संगठन ट्रेड युनियन निर्वाचनमा पहिलो संगठन भए पनि आधिकारिक ट्रेड युनियनमा पठाउने अध्यक्षलगायतका पदमा कुटाकुट गरी निर्वाचन भएको एक महिनासम्म पनि प्रतिनिधि पठाउन नसक्दा ट्ेरड युनियन अलपत्र परेको हो । निर्वाचन कानुनमा निर्वाचन सम्पन्न भएको १५ दिनभित्र पदाधिकारी सिफारिस गर्नुपर्ने प्रावधान भए पनि एमाले निकट कर्मचारी संगठनले शुक्रबारमात्र प्रतिनिधिको नाम पठाएको छ । शुक्रबार एमाले निकट कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी तीन पदाधिकारी सहित आठ सदस्यको नाम निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ । 

तर निर्वाचन कानुन उल्लंघन गर्दै समयमा ट्रेड  युनियनमा पदाधिकारी पठाउन नसकेपछि प्रतिनिधित्वमा बन्देज लगाउन माग गर्दै पुनरावेदन अदालत पाटन अदालतमा रिट परेको छ । सो रिटमा अदालतले आधिकारिक ट्रेड  युनियन निर्वाचनपछि उत्पन्न समस्याका बारेमा बुझ्नका लागि पाँचवटै ट्ेरड युनियनलाई आवश्यक छलफलका लागि साउन ५ गते झिकाएको छ । 

उता निर्वाचन अधिकृतको कार्यालय आइतबारबाट बन्द हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा काजमा खटिएका कर्मचारीहरू साउन १ गतेबाट आफ्नो पूर्ववत: कार्यालयमा फर्केकाले आइतबारदेखि निर्वाचन अधिकृतको कार्यालय बन्द हुन लागेको हो । निर्वाचन कार्यालय बन्द भएपछि प्रमाणपत्र दिने र शपथ गराउने काम कस्ले गर्ने भन्ने अन्योल देखिएको छ भने अदालतको फैसलासमेत कुर्नुपर्ने भएकाले निजामती कर्मचारीको पहिलो पटक गठन हुन लागेको आधिकारिक  ट्रेड  युनियन अलपत्र परेको हो । 

निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि विवादका कारण नाम पठाउन नसकेको नेकपा (एमाले) निकटको सो संगठनले शुक्रबार नाम पठाउन सफल भएको हो । अत्यधिक बहुमतसहित आफूलाई शक्तिशाली संठनका रूपमा उभ्याए पनि नाम पठाउने बारेमा भने उक्त संगठनमा विवाद देखिएको थियो । कर्मचारी संगठनले विवाद मिलाउन नसकेपछि एमालेले हस्तक्षेप गरी वर्तमान अध्यक्ष पुण्य ढकाललाई अध्यक्ष, अर्का अध्यक्षका दाबेदार पूर्वअध्यक्ष भोला पोखरेललाई उपाध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको छ । 

निर्वाचनमा दोस्रो बनेको निजामती कर्मचारी युनियन संघले यसअघि नै नाम पठाइसकेको छ । तेस्रो बनेको राष्ट्रिय निजामती कर्मचारी संगठनले भने चित्त नबुझेको भन्दै अझै नाम पठाएको छैन । पाँचजना पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा पहिलो शक्तिका रूपमा निर्वाचित भएपछि निजामती कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी तीन पदाधिकारीसहित आठ सदस्य प्राप्त गरेको थियो । 

 

]]>