देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विजय गच्छदारले पनि छिट्टै छोड्ने

देशान्तर

काठमाडौं । हाल मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री रहेका भूतपूर्व कांग्रेसी नेता विजय गच्छदारले पनि छिट्टै पदबाट राजीनामा दिने भएका छन् । मधेसका समस्याहरूलाई प्रखर रूपमा उठाइआएका गच्छदार ओलीले मधेसका सम्पूर्ण समस्या समाधान गर्ने वचन दिएपछि सरकारमा सामेल भएका थिए । यस अवधिसम्म ती वचन पालना गर्न निरन्तर दबाब दिँदा पनि ओलीले अल्मल्याई रहेकाले उनी असन्तुष्ट थिए । 

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष रहेको गच्छदारले औपचारिक रूपमा पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिई मधेसका माग सम्बोधन नगरिए संघर्षमा उत्रने चेतावनी यसअघि नै दिएको थियो । तर ओलीले त्यो ज्ञापनपत्र र चेतावनीलाई पनि वेवास्ता गरेपछि विद्रोह गर्ने मनस्थितिमा पुगेका थिए । तर त्यसै समय उनको छोराको विवाहको मिति तय भएकोले केही समय सत्तामा बसिरहने रणनीति बनाएकाले गच्छदार हिजोदेखि त्यो बाध्यताबाट मुक्त भएका छन् । 

हिजो उनका छोरा इ. सुवास गच्छदारको विपिनध्वज कार्कीकी छोरी सृष्टि कार्कीसँग विवाहको अन्तिम कार्यक्रम (भोज) आर्मी क्लब सम्पन्न भएको छ । यसबीच कांग्रेसको सहयोगमा माओवादीले अविश्वासको प्रस्ताव ल्याएको र त्यसको पक्षमा उनी बाहेक पनि बहुमत जुटिसकेकाले कुनै पनि क्षण उनी राजीनामा दिएर कांग्रेस–माओवादीको अभियानमा सहभागी हुने निश्चित प्राय: छ । यसबीच उनले माओवादी अध्यक्ष प्रचण्डसहित कांग्रेसका उच्चस्तरका नेताहरूसँग पनि गोप्य रूपमा भेटेर कुरा मिलाइसकेका छन् । 

 

]]>