देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुन व्यवसायीलाई भ्याइनभ्याइ, नेताभन्दा वकिल धेरै सक्रिय

देशान्तर

काठमाडौं  । नयाँ सरकार गठनमा संवैधानि अस्पष्टताको बिषय विवादमा आएपछि बिभिन्न दलका शीर्ष नेताहरूले आफ्ना सहकर्मीलाई भन्दा बढी कानुन व्यवसायीलाई सक्रिय पारेका छन् । खासमा संविधान के भन्छ र अब कसरी अघि बढ्न सकिन्छ भनेर नेताहरूले आ–आफ्नो सुविधा हुने गरी कानुन व्यवसायीसँग सल्लाह लिइरहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र माओवादीनिकट मानिने कानुन व्यवसायीसँग परामर्श लिएका थिए । आइतबार प्रधानमन्त्री केपी ओलीलाई एमालेनिकट मानिने कानुन व्यवसायीले सल्लाह दिए । दुवै पक्षका नेताले अनौपचारिक रूपमा पनि धेरै कानुन व्यवसायीसँग छलफल गरिरहेका छन् । तर, धेरैजसो कानुन व्यवसायीले नेताकै सुविधालाई मध्यनजर गरेर सल्लाह दिइरहेका छन् ।

एउटै संविधानको फरक–फरक व्याख्या भइरहेकाले राजनीति अन्योलमा फसेको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले नै प्रक्रिया कसरी अघि बढिरहेको छ भनेर थाहा नपाएको गुनासो गरेका छन् ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

]]>