देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा नेपाली क्रिकेट टिमलाई अर्को सफलता, इस्टबोर्न क्लबमाथि शानदार जित

देशान्तर

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसँगको खेलको तयारीका क्रममा बेलायतमा रहेको नेपाली क्रिकेट टोलीलाई अर्को सफलता हात लागेको छ । नेपाली टिमले बेलायतको इस्टबोर्न क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले इस्टबोर्नलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो नेपालको लगातार चौथो जित समेत हो ।

नेपालले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको इस्टबोर्न ३४.३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३०० रन बनायो । ओपनर अनिल मण्डलले ७३ रन बनाए । शरद भेषावकरले ६० रन बनाए । सुवास खकुरेल भने मात्र ६ रनमा आउट भएका थिए । विनोद भण्डारी ७७ र राजु रिजाल ६० रनमा अविजित रहे ।

नेदरल्याण्ड्स बिरुद्धको वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले आजबाट लर्डसमा आन्तरिक अभ्यास सुरु गर्नेछ । बेलायत भ्रमणको अन्तिम अभ्यासमा नेपाली टोलीले भोली  चर्चित मेरि लेवोन क्रिकेट क्लब एमसीसीसंग अभ्यास खेल खेल्ने भएको छ ।

]]>