देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्भ्रान्त खोज्छन् कछुवाको मासु

देशान्तर

काठमाडौं । गत असार २ गते प्रहरीले काठमाडौंको रानीबनबाट १ सय ९ वटा कछुवा नियन्त्रणमा लियो । अघिल्लो महिना जेठ १९ गते काँडाघारीस्थित खहरे चोकको सडक किनार आसपासमा ३३ वटा कछुवा फेला परेका थिए ।दुवै स्थानमा कुखुराका चल्ला प्याक गरेझै कार्टुनभित्र प्लास्टिकका ट्रोमा राखिएको जियोक्लेमिस हेमिल्टोनी वैज्ञानिक नामका कछुवा फेला परेका थिए ।

पहिलो घटनामा संलग्न भारतीय नागरिक मोहम्मद उस्मान रानीबारीबाट पक्राउ परे भने काँडाभारीमा बेवारिसे अवस्थामा सडक किनारामा कछुवा हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । दुई फरक मितिमा फेला परेका कछुवाको यो संख्या र घटना मात्रै काठमाडौं उपत्यकाका लागि नयाँ घटना हुन सक्दैन । उपत्यकाका सम्भ्रान्त परिवार, रेस्टुरेन्ट व्यवसायी, चिनियाँ र तिव्वती मूलका नागरिकहरुले कछुवाको मासुमा रुचि देखाएपछि यस्ता घटना दोहोरिने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले जनाएको छ ।

व्युरोका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले भने, ‘पछिल्ला वर्षहरुमा कछुवाको मासु काठमाडौंमा खपत हुँदै आइरहेको यथार्थ हो, नेपालमा भन्दा चीनमा यसको माग अझ उच्च छ , काठमाडौंलाई ट्रान्जित प्वाइन्ट बनाएर कछुवा चीन र भियतनामतर्फ निर्यात हुँदै आएको पाइएको छ ।’ कछुवाको मासुका उपभोक्ताहरुको वास्तविकता पहिचान गर्न व्युरोले उपत्यकामा बिशेष टोली परिचालन गरेको उनले बताए ।  नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>