देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सवारी लाइसेन्स शुल्कमा भारी वृद्धि

देशान्तर

काठमाडौं । यातायात व्यवस्था विभागले सेवाको गुणस्तरमा सुधार नगरी सवारीचालक अनुमतिपत्र लाइसेन्स शुल्क लगायतमा भारी बृद्धि गरेको छ । विभागले मोटरसाइलको नयाँ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि यस्तो शुल्क ७ सय रुपैयाँ थियो ।

त्यस्तै कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावर टिलरजस्ता साना सवारी चालनकको अनुमतिपत्र शुल्क २ हजार पुगेको छ । १५ देखि २५ सिट क्षमताका सझौला सवारीसाधन चलाउनेले अनुमतिपत्रका लागि २ हजार ५ सय र बस ट्रकलगायत ठूला सवारी साधन चलाउनेले ३ हजार रुपैयाँ तिर्नुपनेछ । लाइसेन्स लिनका लागि सेवाग्राहीले विहान ७ बजे नै लाइनमा लाग्नुपर्ने समयमै कार्यालय नखुल्ने र अधिकांश काम दलालमार्फनै गर्नुपर्ने बाध्यता विभाग मातहतका कार्यालयमा छ । सेवा प्रवाहको गुणस्तर सुधार्न चासो नदिएको विभागले सेवाग्राहीबाट लिने शुल्कमा भने भारी वृद्धि गरेको छ ।

चालू आर्थिक वर्ष ०७३/७४ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले गैरकरतर्फको करको दरमा पुनर्मुल्यांकन गर्ने नीति लिने बताएका थिए । सोही नीतिलाईकार्यान्वयन गर्नेक्रममा भौतिक पूर्वाधानर तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले सवारीसाधन धनीलाई दिने सबै सेवाको शुल्क बढाएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>