देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवन विमा कम्पनीको आम्दानी बढ्यो

देशान्तर

काठमाडौं । गत आर्थिक वर्ष २०७२/७३ मा मुलुकमा सञ्चालित जीवन बिमा कम्पनीहरुको व्यवसाय २७ प्रतिशत भन्दा धेरैले बढेको छ। बिमा समितिका अनुसार असार मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले ३१अर्ब ८७ करोड ५७ ला रुपैँया बराबर आम्दानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष ०७१/०७२ को सोही अवधिमा जीवन विमा कम्पनीहरुको यस्तो आम्दानी २४ अर्ब १७ करोड ३२ लाखमा सिमित थियो । समितिको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्ममा संकलन भएको बिमा शुल्क मध्ये प्रथम बिमा शुल्कबापत कम्पनीहरुले ९ अर्ब ३९ करोड रुपैयाँ प्राप्त गरेका छन् ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । सो अवधिमा भने प्रथम बिमा शुल्कबापत बिमा कम्पनीहरुले ७ अर्ब ७२ करोड रुपैँया उठाउन सफल भएका थिए ।  त्यस्तै नविकरणीय बिमा शुल्कबापत गत आवको अन्त्यससम्ममा जीवन बिमा कम्पनीहरुले २० अर्ब ६५ करोड संकलन गर्न सफल भएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा भने यस्तो बिमा शुल्क १५ अर्ब ५२ करोड संकलन भएको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारी म्यादी जीवन बिमा योजनाबापत संकलन भएको बिमा शुल्क भने करिब ६ प्रतिशतले बढेको  छ । जीवन बिमा कम्पनीहरुको अहिलेको व्यवसाय बृद्धिलाई उपलब्धिनै मान्नुपर्ने बिमा समितिका निर्देशक  राजुरमण पौडेलले बताए। ‘गत वर्ष गएको भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीले व्यवसायमा असर परेको छ,’ उनले भने ।
 
 यद्यपि बिमाप्रति मानिस जागरुक हुँदै गएकाले व्यवसाय पनि विस्तारै बढ्ने उनले बताए । गत वर्ष जीवन बिमा कम्पनीहरुको बिमा व्यवसाय सामान्य रुपले बृद्धि भएको उनले बताए ।कारोबार दैनिकमा समाचार छ।

]]>