देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपचार पछि कांग्रेस महामन्त्री घर फर्किए

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई साताअघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएका कोइराला आज घर फर्किएका हुन् । उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो । एकाएक अस्वस्थ भएका सशांक कोइरालालाई ओम अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

केहि दिन उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो ।  स्वास्थ्य क्रमिक सुधार भएकाले आज  डिस्चार्ज गरिएको हो । महामन्त्री कोइरालाले साधारण खानपान आफै गर्न थालेको र उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा. जोशीले बताए ।

महामन्त्री कोेइराला अकस्मात् स्वास्थ्य अचानक गम्भीर भएपछि उनलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो । चेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

]]>