देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठकमा मुठभेडको संकेत

देशान्तर

काठमाडौं ।  केपी ओली सरकारका बिरुद्धमा संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथिको छलफलका लागि बोलाइएको संसदको बैठकमा तनाब हुने संकेत देखिएका छन् । बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि  संसदमा छलफल गर्ने भन्ने विषयमा दलहरु आ आफ्नै अडानमा रहेपछि आज बोलाइएको संसद बैठक तनाब हुने संकेत देखिएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएको संसदको कार्यसूचिमा छलफल हुन नसक्ने अडान राखेका छन् । तर सरकार नेतृत्व गरेको एमालेले भने अविश्वासको प्रस्तावअघि बजेटसँग आश्रित बिधेयकमाथि छलफल चलाउनका लागि दबाब दिने निर्णय गरेको छ । जसका कारण संसद तनाब हुने देखिएको छ ।

दलहरुले आ आफ्नो अडान नछाड्दा आजको संसद बैठकमा के हुन्छ भन्ने अन्यौल बढेको छ । संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मर्यादा पालकको संख्या बढाइएको छ । यसअघि ९०१ जना खटिँदै आएकोमा आजको बैठकका लागि थप ३० जना मर्यादा पालक खटाइन लागेको छ ।
बैठक ११ बजेका लागि बोलाइएको छ ।

]]>