देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्ततः प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा पेस

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष  आजपेस गरेका हुन् । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराइन् ।

छलफलका लागि तीन दिन

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमा छलफलका लागि यही साउन ७, ८ र ९ गतेको समय तोकिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आज पेस गरेको सो प्रस्तावमा सभामुख ओनसरी घर्तीले ती दिन तोक्नुभएको आजको बैठकमा जानकारी गराइन् ।

यसैबीच विगतका संसद्को बैठकमा मन्तव्य दिएर बहिष्कार गर्दै आएको आन्दोलनरत मधेसी मोर्चाका सांसदले आज बैठकमा भाग लिए ।

 

]]>