देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आजैका मितिदेखि लागू हुने गरी लिखित राजिनामा दिनुभएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा २९८ को उपधारा ८ को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनुभएपछि सोही धाराको उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रपतिले बर्तमान मन्त्रिपरिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति  प्रधानमन्त्री एवम् मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवादसमेत व्यक्त गरेको उल्लेख छ ।

 

]]>