काठमाडौं । नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनको उदघाटन हुन १३ दिन बाँकी रहदा पार्टीका तर्फबाट आज निर्देशन समिति बनाएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पु¥याइ आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) बमोजिम निर्देशन समिति बनाएका हुन ।
निर्देशन समितिका संयोजकमा पार्टीका केन्द्रीय डा. प्रकाशशरण महत रहेका छन् । उनको संयोजकत्वमा केन्द्रीय सदस्यहरु तथा नेबिसंघका पूर्व अध्यक्षहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् । सभापति देउवाले पार्टी सभपातिमा निर्वाचित भएसंगै निर्देशक समितिको संयोजकको जिम्मा नेता प्रकाशरण महतलाई दिएका थिए ।
तर लामो समय सम्म निर्देशक समितिले पुर्णता पाउन नसकेपछि गतसाता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत यो बिषय उठेको थियो । केन्द्रीय समितिले दुई दिन भित्र निर्देशक समिति बनाउन निर्णय पनि गरेको थियो । तर हिजो अर्थात आइतवार निर्देशक समिति बनेको जानकारी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जानकारी गराएका हुन् ।
]]>
प्रतिक्रिया