देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकमान सुशासन समितिमा अनुपस्थित

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदको सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भएका छन् ।

समितिले लोकमान सहित अख्तियारमा पदाधिकारीलाई काठमाडौं विश्वविद्यालयको परिक्षामा हस्तक्षेप गरेको बिषयमा बुझनका लागि आइतवार बोलाएको भएपछि आइतवार केपी ओली सरकारमाथि दर्ता भएको अविश्वासमाथि मतदान हुने भन्दै समितिको बैठक सारिएको थियो । 

अख्तियार प्रमुख कार्कीले समितिलाई पत्र पठाउदै आफु अघिल्लो बैठकमा आउन तयार भए पनि वैठक स्थगित भएको र अहिले आफ्नो घाँटीमा संक्रमण भएकाले सात दिन नबोल्न चिकित्सकले सुझाव दिएको जिकिर गरेका छन् । समितिको बैठक अहिले सिहंहदरबारमा बसिरहेको छ । 

]]>