देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनबाट आयात २५ प्रतिशत बढ्यो

देशान्तर

काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा गिरावट आएपनि चीनबाट भने झन्डै २५ प्रतिशतले आयात बढेको छ। अन्य मुलुकसँगको व्यायार परिमाण बवृद्धि नभए पनि चीनसँग भने वृद्धि भएको तथ्यांकले देखाएको छ। आयात बढेपनि नेपालबाट चीनमा निर्यात भने ३.४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा चीनसँग व्यापारमा निर्यातभन्दा आयातको परिमाण करिब ५५ गुणाले बढी छ।

यसअवधिमा आयात १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँको भएको छ भने चीनतर्फको निर्यात २ अर्ब २७ करोड रुपैयाँ मात्रै छ। चीनसँगको यो निर्यात परिमाण गत ३ वर्षयताकै कम हो। तर, आयात भने ५ वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्ष ०७१/७२ मा १ खर्ब ८५ करोड आयात र २ अर्ब ३५ करोड रुपैयाँ निर्यात भएको छ। 

विभागका अनुसार गत वर्ष चीनबाट जुसमात्र ४ अर्ब १० करोड रुपैयाँको भित्रिएको छ। न्यून मूल्यमा विद्युतीय सामग्री, जुस, कपडा र जुत्ता आउने गरेको विभागको तथ्यांक छ।  कारोबार दैनिकमा समाचार छ। 

]]>