देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्ब

देशान्तर

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ । प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको हो । प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ ।

अनुदान रकम व्यवस्थापन गर्न सरकार र दातृ निकायको १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिनेछ । बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपत्यकाबाहिरका भूकम्प अति प्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिका गरी पाँच लाख ३३ हजार एक सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ ।

त्यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि पहिलो किस्तामा जम्मा भएको छ । यसअघि सरकारले एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षणको तयारी भइरहेको छ । सर्वेक्षणपछि तथ्यांक विश्लेषण गरी अनुदान पाउने सूचीमा परेका घरधनीसँग सम्झौतापछि अनुदान रकम उपलब्ध गराइनेछ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>