देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री छान्न माओवादीमा सकस, पुरानै दोहोरिन खोज्दा बढ्यो विवाद

देशान्तर

काठमाडौं । आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व नगर्दै संकटमा परेका छन् । अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रीलाई दोहोर्‍याएर अन्य नयाँ अनुहारसहितको मन्त्रिमण्डल बनाउने तयारी थाले पनि तीनजनामा पनि को(को जाने भन्ने विवाद देखिएको छ ।

पुराना तीनजनामा विवाद बढेपछि नयाँ अनुहारमात्र माओवादीबाट मन्त्री बन्ने सम्भावना समेत बढेर गएको छ । स्रोतका अनुसार ओली सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । उनीहरुले राम्रो काम गरेकाले पुनः मन्त्री बनाउने दाहालको योजना छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने र ओली नेतृत्वको सरकारबाट नहोदोरिने नेताहरुमा जनार्दन शर्मा, कृष्णबहादुर महरा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंकर चौधरी, सीता नेपाली लगायतको नाम चर्चामा छ । माओवादीले आगमी सरकारमा सहभागी हुने मन्त्री छनोटका लागि कुनै मापदण्ड तथा विधि भने बनाएको छैन ।  राजधानी दैनिकमा समाचार छ ।

]]>