देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीपहिरोको विनाश : ४२ को मृत्यु

देशान्तर

काठमाडौं ।  सोमबार रातिदेखि आएको अविरल वर्षाको कारण देशभरमा ४२ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। प्युठानमा १४, गुल्मीमा ७, पाल्पा र बाग्लुङमा चार–चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई, उदयपुरमा २, काठमाडौं, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक एक जनाको मृत्यु भएको छ हो। बाढीपहिरोमा नै परेर प्युठानमा २२, बाग्लुङमा दुई र सुनसरी, सप्तरी र झापामा एक–एक जना बेपत्ता भएका छन्।  

प्युठानको बाग्दुलाको झिम्रुक खोलामा १० वर्षीया बालिकाको शब खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो। यसैगरी खैरास्थित झिमरुक नदीको किनारमा एक अपरिचित पुरुष र खलङ्गा जाने पुल नजिकै खोलामा एक पुरुष शव फेला परेको प्रहरीले जनाएको छ। प्युठानकै पुजामा पहिरोले पुरिँदा १३ वर्षीय मुकेश मल्ल, सारावाङका ८० वर्षीय दाबीले सुनार, उनकी श्रीमती कुटरी र नाती दिपे सुनार बेपत्ता भएका छन्।  बाग्लुङको मर्याङमा हर्कबहादुर बुढामगरको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३६ वर्षीया देवी, छोरी १८ वर्षीया यमुना र छोरा ८ वर्षीय राजिब पहिरोले पुरिएर बेपत्ता भएका छन्।  

दोलखाको दिलढुंगामा ७१ वर्षीय पूर्णबहादुर तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ।   पाल्पाको झुम्सामा पहिरो झर्न गई घरमा पुरिएकी १६ वर्षीया अस्मिता विकको शव फेला परेको छ। अर्घाखाँचीको कोठिया मैदानका प्रझबहादुर घर्तीको घर पहिरोले बगाउँदा उनकी छोरी १७ वर्षीया शारदा घर्तीको मृत्यु भएको छ।  यसैगरी तिनाउ नदीमा आएको बाढीले तिनाउ नदीमा रहेको झोलुङ्गे पुल बगाएको छ। नारायणी नदीमा पानीको सतह खतराको तहमा पुगेपछि चितवन र नवलपरासीका तल्लो तटीय क्षेत्रका बासिन्दाहरु त्रसित हुन पुगेका छन्। उनीहरुलाई स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ।

 तर, गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाका अनुसार अहिलेसम्म ३२ जनाको मृत्यु भएको जानकारी आफूहरूले पाएको बताएका छन्। प्रवक्ता कोइरालाले पानी पर्न कम हुँदै गएका कारण नदीमा पानीको वहाव कम भएको र बाढीपहिरो जाने क्रम रोकिने समेत बताएका छन्। उनले बाढी, पहिरो र डुवान जस्ता विपदका घटनाबाट क्षति न्युनीकरण गर्नका लागि स्थानीय प्रशासनलाई सतर्क तथा तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएका छन्। आजका पत्रपत्रिकामा समाचार छ । 

]]>