देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय निर्वाचन चैतसम्ममा गर्ने कांग्रेस–माओवादी सहमति

देशान्तर

काठमाडौं । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बैठकले स्थानीय निकायको सीमा निर्धारणको विषय टुङ्ग्याएर चैतसम्ममा निर्वाचन गर्ने गरी अघि बढ्ने सहमति गरेका छन् ।

दुई दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । “व्यावहारिक र वैज्ञानिक रुपमा सीमा निर्धारण गरी छिटो स्थानीय निकायको निर्वाचन गर्ने विषयमा बैठकमा छलफल भयो, नेकपा (एमाले) र मधेसी मोर्चा लगायतका राजनीतिक दलसँग पनि बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको छ”– उनले भने ।
 
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायत नेताको सहभागिता थियो ।
 
स्थानीय निकाय पुनःसंरचनाका विषयमा मङ्गलबार पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताबीच छलफल गरेको काँग्रेसले आज पनि छलफललाई निरन्तरता दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

]]>