देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित १३ को मृत्यु

देशान्तर

धनकुटा । संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवाको मृत्यु भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए । सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।

घटनास्थलमा सात र धरानमा उपचारका क्रममा थप छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्ताइस जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धनकुटा परेवादिनका अतिमाया तामाङ, खिनमाया भट्टराई, तारा बस्नेत र  उनकी तीन वर्षीया छोरी रेखा तथा धरानका वेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

उपचारका क्रममा धनकुटा बुढीमोरङका सनम तामाङ, मारेक कटहरेका वीरबहादुर काफ्ले, लेगुवाका टेजबहादुर थापा र तेह्रथुम फुलेकका होमा पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतक तीन पुरुषको सनाखत हुन बाँकी छ ।

 

]]>