देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज भोटो देखाउने जात्रा, उपत्यकामा सार्वजनिक विदा

देशान्तर

काठमाडौं । यस वर्षको भोटोजात्रा आज देखाइँदैछ ।

रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट यही साउन ११ गते तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको छ । ज्योतिषीले साइत हेरी रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पुर्याएको चौथो दिन भोटो जात्रा देखाइन्छ ।
 
एक हजार ३०० वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए।
 
किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे । किसानले हातको मयल माडेर औषधिका रुपमा रानीको आँखामा हालिदिए । संयोगवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए ।
 
एक दिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो । त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।
 
त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनू भनी रथ जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने चलन चलेको उनले बताए ।

]]>