देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघ अधिवेशनको माग गर्दै रिले अनशन

देशान्तर

काठमाडौं । विधानसम्मत अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घका नेताहरुले विहीबारदेखि नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा ललितपुरमा रिले अनशन सुरु गरेका छन् ।

विहीबार साँझदेखि नेविसङ्घका पूर्वकोषाध्यक्ष पदमराज पन्तको नेतृत्वमा बाह्र जनाभन्दा बढी विद्यार्थी नेताले पार्टी कार्यालयभित्रै अनशन थालेका हुन् । सङ्घको ११ औँ अधिवेशनका लागि फर्जी प्रतिनिधि छनोट गरेकाले उक्त कार्यको विरोध गर्दै अनशनमा बस्नुपरेको पूर्वकोषाध्यक्ष पन्तले बताए । “एक हजार एक सय बढी फर्जी प्रतिनिधि छनोट गरिएको छ, उक्त कार्य तत्काल सच्याउनुपर्छ,” उनले भने ।

सङ्घको विधानले कायम गरेको भन्दा बढी फर्जी प्रतिनिधि खारेज गर्नुपर्ने र वास्तविक प्रतिनिधि मात्र कायम गरिनुपर्ने, स्ववियु र काउन्सिलको प्रतिनिधिका सन्दर्भमा वास्तविक प्रतिनिधि कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका काठमाडौँ उपत्यकाका क्याम्पस र अन्य जिल्लामा वैधानिक विधिअनुसार अधिवेशन सम्पन्न गरिनुपर्ने लगायत माग उनीहरुको छ ।

पन्तसँगै नेविसङ्घका केन्द्रीय सदस्य विष्णुदत्त जोशी, पदम अधिकारी, सागर पाण्डे, जय सिंह लगायत नेताकार्यकर्ता अनशनमा छन् । माग सुनुवाइ नभएसम्म अनशन जारी रहने केन्द्रीय सदस्य जोशीले जानकारी दिए ।

 

]]>