देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा जाने/नजानेबारे काँग्रेस र माओवादीसँगको छलफलपछि मात्रै गठबन्धनले निर्णय लिने

देशान्तर

काठमाडौं । सङ्घीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको छलफलपछि मात्र सरकारमा जाने नजाने विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ ।

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको विहीबार बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा अहिले नै सरकारमा जाने निर्णय गर्ने बेला नभइसकेको हुनाले काँग्रेस र माओवादीसँग छलफल गरेर मात्र सरकारको विषयमा टुङ्गो लगाउने निर्णय भएको गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिए ।

बैठकले गठबन्धनको माग र मुद्दा सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनलाई सशक्त बनाउनका लागि मुलुकको १० स्थानमा बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले गाउँपालिका, नगरपालिकाको सिमाना निर्धारण सम्बन्धमा सम्बन्धित आयोगले गरेको गतिविधि सङ्घीयतालाई संस्थागत हुन नदिने निर्णय गरेको प्रवक्ता गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
गठबन्धनले संविधानसँग जोडिएका असहमतिका विषयको सम्बोधन नहुन्जेलसम्म सिमाना आयोगको काम कारबाही नगर्न पनि सरकारलाई आग्रह गरेको छ । बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल युद्धस्तरमा उद्धार तथा राहत वितरण, औषधोउपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्नका निम्ति गठबन्धन सरकारसँग माग गरेको छ ।

 

]]>