देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषध कारोबारको आरोपमा संघई पक्राउ

देशान्तर

वीरगन्ज । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले राजधानीको पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लाष्टिक उद्योगको गोदाममा छापा मारेर चार सय ७१ किलो औषधि (प्रिकर्सर) बुधवार बरामद गरेको थियो । सोही दिन ब्युरोको टोलीले बारा जिल्लाको जितपुरस्थित आर्या फर्मामा ग्राहक बनेर आएका उद्योगका सञ्चालक शंकर हलानका छोरा मोहित अग्रवालसँग केही मात्रामा प्रिकर्सर औषधि किनी मोहित र उनका ड्राईभर गोरख महतो कहारलाई लिएर भरतपुरबाट हवाइ मार्ग हुँदै काठमाडौं पुर्‍याइयो । सोही दिन आर्या फर्मामा कार्यरत भारतीय नागरिक दिलीप पडितलाई प्रहरीले राजधानीमा गिरफ्तार गर्‍यो । यही प्रकरणमा संलग्न रहेको आशंका गरिएका उद्योगका सञ्चालक रतनलाल संघई र पवन संघई आफू गिरफ्तारीमा पर्ने डरले मोबाइल अफ गरी अज्ञातवासमा छन् र विभिन्न शक्तिकेन्द्रमार्फत प्रहरीमाथि दबाव सृजना गराउन सक्रिय रहेको बुझिएको छ । 

आर्या फर्मास्युटिकल्सका मुख्य हर्ताकर्ता संघइहरु नै हुन् । शंकर हलान उक्त उद्योगमा केही प्रतिशतका हकदार हुन् भने उनका छोरा मोहित सोही उद्योगमा काम गर्ने कर्मचारी हुन् । प्रिकर्सर औषधि प्रतिबन्धित छ । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको अनुमति लिएर नेपालमा केही उद्योगले यसलाई भित्र्याउने गर्दछन् । तर संघइ बन्धुहरुले लागुऔषधको परिभाषाअन्तर्गत पर्ने प्रिकर्सर चीन, पाकिस्तान, अफगानिस्तान पैठारी गर्दै आएको सूचना प्रहरीले पाएको छ । 

हेरोइन, अफिम, ब्राउन सुगर निर्माण गर्दाको बखत प्रयोग गरिने प्रिकर्सरको कारोबार विगत केही समयदेखि आतंकवादीले गर्दै आएको बताइन्छ । र काठमाडौंमा बरामद गरिएको सो औषधि आतंकवादप्रभावित मुलुक अफगानिस्तान र पाकिस्तानमा समेत पठाइने गरिएकोले त्यसमा संघइ बन्धुको साँठगाँठ कतै आतंकवादी संगठनसँग त छैन भनी प्रहरीले आशंका गरेको स्रोतले बतायो । यसैबीच शनिवार प्रहरीले रतन संघई र यो केसमा विचौलियाको भूमिका निभाउन खोज्ने पिताम्बर मुन्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

]]>