देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१५ सिडिओसहित ५१ उपसचिवको सरुवा

देशान्तर

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, कारागार तथा अध्यागमन कार्यालयमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले १५ जना सिडिओसहित मंगलबार ५१ तथा उपसचिवहरूको काजसरुवा गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सिडिओका रूपमा सरुवा हुनेमा उदयबहादुर सिंह डडेल्धुरा, गञ्जबहादुर एमजी मनाङ, कृष्णबहादुर खड्का कालिकोट, मुनुका न्यौपाने तेह्रथुम, जनकराज पन्त प्युठान, किशोरकुमार चौधरी बैतडी छन् । यस्तै, प्रकाशचन्द्र अधिकारी रामेछाप, कौशलराज शर्मा अछाम, अर्जुनप्रसाद शर्मा भोजपुर, शम्भुप्रसाद मरासनी पर्वत, किरण थापा पाँचथर, केशवराज शर्मा मुगु, सुनील खनाल बझाङ, चेतराज बराल डोल्पा र खुमकान्त आचार्यको संखुवासभामा सरुवा भएको छ ।

इलाका प्रशासनमा सरुवा
१५ जिल्लामा सिडिओका रूपमा कार्यरतलाई सहसचिव सिडिओ हुने जिल्ला तथा इप्रकामा सरुवा गरिएको छ । डडेल्धुराका प्रेम लुइँटेललाई रूपन्देही, संखुवासभाका गंगा क्षत्रीलाई काठमाडौं, मनाङका भीमकान्त शर्मालाई काभ्रे, अछामका यामप्रसाद सुवेदीलाई स्याङ्जामा सरुवा गरिएको छ ।

तेह्रथुमका मुरारी बस्नेतलाई इप्रका उर्लाबारी, प्युठानका रामबहादुर कुरुम्बाङलाई इप्रका फर्पिङ, बैतडीका लीलाधर अधिकारीलाई जिप्रका धादिङ, रामेछापका शेषनारायण पौडेललाई जिप्रका मोरङ, कालिकोटका प्रदीप श्रेष्ठलाई जिप्रका बाँके, भोजपुरका सुरेन्द्रराज पौडेललाई जिप्रका बारामा सरुवा गरिएको छ ।

यस्तै, मुगुका शम्भु रेग्मीलाई जिप्रका रूपन्देही, पर्वतका झंकनाथ ढकाललाई गृह मन्त्रालय, पाँचथरका पुरुषोत्तम घिमिरेलाई जिप्रका सिरहा, बझाङका हीरालाल चौधरीलाई जिप्रका कैलाली र डोल्पाका जीवन दुलाललाई जिप्रका दाङमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयकी लक्ष्मीदेवी होमागाईं भक्तपुरको सहायक सिडिओ, शंकर विष्ट डोटीको सहायक सिडिओ, शिशिर पौडेललाई तनहुँको सहायक सिडिओ, क्षेत्रीय प्रशासन कार्यालयका टेकबहादुर केसीलाई नख्खु जेलको जेलर, जिप्रका कास्कीका कृष्णप्रसाद रेग्मीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा गरिएको छ ।

त्यस्तै, गृहका गुरुदत्त ढकाल जिप्रका कास्की, पर्साका जेलर गणेश प्रसाद आचार्यलाई इप्रका टीकापुर, जिप्रका दाङका सहायक सिडिओ भरतकुमार बुढाथोकीलाई जिप्रका कपिलवस्तुको सहायक सिडिओमा सरुवा गरिएको छ ।

इप्रका उर्लाबारीका ओम बस्नेतलाई जिप्रका मोरङको सहायक सिडिओ, कारागार व्यवस्था विभागका वेदप्रसाद खरेललाई केन्द्रीय कारागारको जेलर, नख्खु जेलका जेलर चक्रपाणि गौतमलाई पर्साको कारागार कार्यालय, केन्द्रीय कारागारका वेदबहादुर कार्कीलाई कारागार व्यवस्था विभागमा सरुवा गरिएको छ ।

अध्यगमन कार्यालय एयरपोर्टमा निमित्त प्रमुखका रूपमा कार्यरत उद्धवबहादुर थापालाई गृह मन्त्रालय, अध्यागमन विभागका विश्वप्रकाश न्यौपानेलाई र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका डिल्लीराज पोखरेललाई अध्यागमन कार्यालय विमानस्थलमा सरुवा गरिएको छ । जिप्रका काठमाडौंका शरद पोखरेलको गृह मन्त्रालय, गृहका ललितबहादुर बस्नेतको जिप्रका काठमाडौं, जिप्रका ललितपुरका होमनाथ थपलियाको गृह मन्त्रालय, गृहका कृष्णप्रसाद आचार्यलाई जिप्रका ललितपुर तथा जिप्रका सर्लाहीका सहायक सिडिओ सागरमाणि पाठकलाई गृह मन्त्रालयमा सरुवा भएको छ । एक वर्ष पुगेका उपसचिवहरूको मन्त्रालयले नियमित सरुवा गरिएको गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव चक्रबहादुर बुढाले बताए ।

कहाँ को सिडियो ?
डडेल्धुरा– उदयबहादुर सिंह
मनाङ– गञ्जबहादुर एमजी
कालिकोट– कृष्णबहादुर खड्का
तेह्रथुम– मुनुका न्यौपाने
प्युठान– जनकराज पन्त
बैतडी– किशोरकुमार चौधरी
रामेछाप– प्रकाशचन्द्र अधिकारी
अछाम– कौशलराज शर्मा
भोजपुर– अर्जुनप्रसाद शर्मा
पर्वत– शम्भुप्रसाद मरासनी
पाँचथर– किरण थापा
मुगु– केशवराज शर्मा
बझाङ– सुनील खनाल
डोल्पा– चेतराज बराल
संखुवासभा– खुमकान्त आचार्य

 

]]>